९ मंसिर, २०८१ आइतबार
09:50:02 AM
१९ साउन, २०७९
काठमाण्डौं । सिटिजन्स बैंक र रुपन्देहीस्थित रा.जी. क्लिनिकबीच छुट सम्बन्धी सम्झौता भएको । उक्त सम्झौता पत्र अनुसार बैंकका ग्राहकहरुले क्लिनिकमा गरिने स्वास्थ परिक्षणहरुमा २० प्रतिशत, फार्मेसीमा ७ प्रतिशत छुट पाउने जनाइएको छ ।
यस्तै ६५ वर्षभन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३० प्रतिशतसम्म छुट हुनेछ । यसका साथ ग्राहकले क्लिनिकबाट दन्त परिक्षण र चिकित्सक परामर्श जस्ता सेवा निःशुल्क पाउने छन् ।
दीर्घ रोगीहरुको लागी घरमै सेवा दिने व्यवस्था पनि गरिएको जनाइएको छ । बैंकले १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।