९ मंसिर, २०८१ आइतबार

09:46:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इन्फिनिटी लघुवित्तको १५ करोड २ लाखभन्दा बढी खुद नाफा

Nepal Business

१९ साउन, २०७९

इन्फिनिटी लघुवित्तको १५ करोड २ लाखभन्दा बढी खुद नाफा

काठमाण्डौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले यस अवधिमा १५ करोड २ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष १२ करोड ६० लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष १९.१४ प्रतिशत बढी नाफा गरेको हो ।

यस अवधिमा कम्पनीको सञ्चालन नाफासँगै खराब कर्जा संकलन समेत बढेकाले नाफामा बृद्धि भएको देखिन्छ ।अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीले करिब १६ प्रतिशत बढी २१ करोड ६० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । खराब कर्जा संकलन भने अघिल्लो वर्ष १ करोड ३५ लाखभन्दा बढी भएकोमा गत वर्ष २ करोड २९ लाख रुपैयाँभन्दा बढी भएको हो ।

हाल कम्पनीको चुक्तापूँजी ४१ करोड ४५ लाख १३ हजार रहेको छ । कम्पनीको जगेडा कोष रकम भने ४७.९६ प्रतिशत बढी २४ करोड ५४ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । 
यस्तै वार्षिक प्रतिसेयर आम्दानी ३६.२४ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५९.२१ रहेको छ ।

यसैगरी १३ प्रतिशत बढी कर्जा सापटी लिएको कम्पनीले करिब ६२ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने करिब ५४ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा अनुपात अघिल्लो वर्ष ४.२७ प्रतिशत रहेकोमा गत वर्ष २.८२ प्रतिशतमा झरेको छ ।