९ मंसिर, २०८१ आइतबार
09:32:40 AM
१९ साउन, २०७९
काठमाण्डौं । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा एनएमबि बैंकले ३६.५३ प्रतिशतले नाफा कमाएको छ । बैंकले एक वर्षमा ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो वर्ष यसैअवधिमा बैंकले २ अर्ब ७१ करोड रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकले वितरणयोग्य नाफा पनि २.४७ प्रतिशतले बढाएर २ अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ ।
बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिहत रहेको छभने सञ्चालन नाफा ३६.४३ प्रतिशतले बढेको छ । जसले गर्दा पनि नाफा बढेको देखिन्छ । असार मसान्तसम्म बैंकले निक्षेप संकलन १२.३७ प्रतिशत र १६.४१ प्रतिशतले बढाउन सफल भएको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ ३७ पैसाले बढेर २० रुपैयाँ १५ पैसा कायम भएको छ । एनएमबिको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा छ ।