९ मंसिर, २०८१ आइतबार
09:34:56 AM
१९ साउन, २०७९
काठमाडौं । राष्ट्रिय सहकारी बैंक २० औ वर्षमा प्रवेश गरेको छ । बैंकले सो अवसरमा बैंकले सदस्य संघ संस्थाहरुलाई दिने सेवा तथा सुविधामा थप विकास र विस्तार गरि वित्तीय तथा गैर–वित्तीय सेवाहरु आधुनिक प्रविधि मार्फत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
बैंकले संस्थागत सुशासन र सदस्यमुखी व्यवहारमा उल्लेख्य प्रगति हासिल गर्दै मुलुकभर रहेका करीव ३० हजार सहकारी संघ र संस्थाहरुको एउटै र आफ्नै बैंकको रुपमा सात वटै प्रदेशमा रहेका ६८ वटा शाखा र केन्द्रीय कार्यालय गरि ६९ कार्यालयबाट सेवा विस्तार गरेको छ ।
यस्तै करिव १६ हजार सदस्य सहकारी संघ÷संस्थाहरुलाई वित्तीय सेवाका अतिरिक्त संस्थागत सुशासन एवम् वित्तीय अनुशासनका लागि सहकारी स्तरीकरण, सहकारी तालिम शिक्षा दिँदै आएको छ ।
सहकारी क्षेत्रको संरक्षण र सम्बर्द्धनको लागि पहलकदमी जस्ता विविध गतिविधि सञ्चालन मार्फत निरन्तर प्रगतिको पथमा चढ्दै गर्दा आर्थिक वर्ष २०७८÷ ०७९ को असार मसान्तमा २ अर्ब ९१ करोड रुपैयाँभन्दा बढि शेयर पूँजी सहित कुल सम्पत्ति करिव ६० अर्ब पुयाउन सफल भएको बैंकले जनाएको छ ।
बैंकले ‘उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक’ परिकल्पना गरी १० वर्षे रणनीतिक योजना तय गरी अघि बढिरहेको जनाएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरेर आफ्नो वार्षिक उत्सव मनाउन लागेको जनाएको ।