९ मंसिर, २०८१ आइतबार
09:37:37 AM
१९ साउन, २०७९
काठमाण्डौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ७८ करोड १९ लाखभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४० प्रतिशतभन्दा बढि हो । अघिल्लो वर्ष सो अवधिसम्म ६८ करोड ९५ लाखभन्दा बढी खुद नाफा गरेको थियो।
गत वर्ष कम्पनीको सञ्चालन नाफा ११२.९६ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ३८ करोड ३७ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष ८१ करोड ७२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको हो ।
यस्तै गत वर्ष कम्पनीले ७० प्रतिशत बोनस सेयर वितरण गरी चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ पु¥याएको छ । प्रतिसेयर आम्दानी ७५.६० रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २६९.५१ रुपैयाँ रहेको छ ।
यसैगरी जगेडा कोष रकम १७.७७ प्रतिशत बढी १ अर्ब ५४ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षभन्दा कम्पनीको कर्जा सापटी साढे १ प्रतिशत बढी रहेको छ भने कर्जा प्रवाह १६.२३ प्रतिशत बढी छ । कम्पनीले गत वर्ष १८ प्रतिशत बढी निक्षेप संकलन गरेको छ ।
अघिल्लो वर्ष ०.६१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष भने बढेर ०.९१ प्रतिशत पुगेको छ ।