९ मंसिर, २०८१ आइतबार

07:08:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंकहरुले अब नयाँ कर्मचारीलाई दुई हप्ताको तालिम दिनुपर्ने

१८ साउन, २०७९

बैंकहरुले अब नयाँ कर्मचारीलाई दुई  हप्ताको तालिम दिनुपर्ने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीलाई कार्यक्षेत्रसँग सम्बन्धित तालिम दिनुपर्ने व्यवस्था गरेको छ।  नेपाल राष्ट्र बैंकले बुधबार बैंकहरुलाई निर्देशन जारी गर्दै  नयाँ भर्ना भएका कर्मचारीलाई बैंक प्रवेश गरेको १ महिनाभित्र  २ हप्ताको तालिम अनिवार्य हुनुपर्ने उल्लेख गरेको छ ।

नयाँ व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यक्षेत्रसँग सम्बन्धित तालिम प्रत्येक २ वर्षमा कम्तीमा एकपटक र ट्रेड फाइनान्स तथा कर्जासम्बन्धी कार्य गर्ने कर्मचारीलाई विशिष्टीकृत तालिम प्रत्येक वर्ष प्रदान गर्नुपर्नेछ।

बैंकहरुलाई जारी गरेको निर्देशनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले बैंकिङ्ग क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्नका लागि नयाँ भर्ना भएका कर्मचारीहरुलाई बैंक प्रवेश गरेको १ महिनाभित्र कम्तीमा दुई हप्ताको अभिमुखीकरण तालिम प्रदान गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रदान गरेको तालिमको शीर्षक, मिति, अवधि, तालिम प्राप्त गर्ने कर्मचारीको नामावली लगायतका विवरण संस्थाको वेबसाइटमा अर्धवार्षिक रुपमा अद्यावधिक गर्नु पर्नेछ ।’