९ मंसिर, २०८१ आइतबार

07:04:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुई सातामै वाणिज्य बैंकबाट बाहिरियो ९१ अर्ब निक्षेप

१८ साउन, २०७९

दुई सातामै वाणिज्य बैंकबाट बाहिरियो ९१ अर्ब निक्षेप

काठमाडौं । पछिल्लो दुईसातामा वाणिज्य बैंकबाट ९१ अर्ब निक्षेप बाहिरिएको छ । साउन लागेपछिको दुई सातामै वाणिज्य बैंकबाट ९१ अर्ब निक्षेप बाहिरिएको हो । असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको वाणिज्य बैंकको निक्षेप १३ साउनमा घटेर ४४ खर्ब ५० अर्बमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ ।

निक्षेप लगातार घट्दो ट्रेन्डमा देखिँदा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि घट्दो अवस्थामा देखिएको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रहेको कर्जा लगानी १३ साउनमा ४१ खर्ब ६४ अर्बमा झरेको छ ।

साउन लागेपछि कर्जा पनि सामान्य घटेको हो । निक्षेप घटेसँगै बैंकहरुको कर्जा÷निक्षेप अनुपात (सीडी रेसियो) पनि बढेको छ । गत असारमा ८६ प्रतिशतमा झरेको वाणिज्य बैंकहको सीडी रेसियो १३ असारमा ८७.९८ प्रतिशत पुगेको संघले जनाएको छ ।