९ मंसिर, २०८१ आइतबार

07:39:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकले खारेज गर्यो लाभांश वितरण सम्बन्धी पुरानो व्यवस्था

१८ साउन, २०७९

राष्ट्र बैंकले खारेज गर्यो लाभांश वितरण सम्बन्धी पुरानो व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले लाभांश वितरण सम्बन्धी पुरानो व्यवस्था खारेज गरेको छ। मौद्रिक नीतिमा गरिएको ब्यबस्था कार्यन्वयनको लागि राष्ट्र बैंकले आज बुधबार जारी गरेको निर्देशनमा लाभांश वितरण सम्बन्धी पुरानो व्यवस्था खारेज गरेको हो।

इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने  तर, यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी नहुने र खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउने व्यबस्था रहेकोमा यसलाई राष्ट्र बैंकले खारेज गरेको छ।

अब बैंक तथा वित्तिय संस्थाहरुले वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी नगद लाभांश पनि बितरण गर्न सक्ने छन् ।