२४ बैशाख, २०८१ सोमबार

09:12:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युरोपियन इन्टरनेशनल विश्वविद्यालयद्धारा इपानका उपाध्यक्ष कार्कीलाई मानार्थ विद्यावारिधि प्रदान

Nepal Business

१८ साउन, २०७९

युरोपियन इन्टरनेशनल विश्वविद्यालयद्धारा इपानका उपाध्यक्ष कार्कीलाई मानार्थ विद्यावारिधि प्रदान

काठमाण्डौं । नेपालका लागि मोरिसका महावाणिज्यदुत एवं स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का उपाध्यक्ष गणेश कार्कीले मानार्थ विद्यावारिधि पाउनुभएको छ । उहाँले युरोपियन इन्टरनेशनल विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि पाउनुभएको हो । 

उक्त युनिभर्सिटीले कार्कीलाई ‘ग्लोबल लिडरसिप इन बिजनेश म्यानेजमेन्ट’मा विद्यावारिधि प्रदान गरेको जनाइएको छ । मलेसियाकी राजकुमारी डा.रोमना मुराडको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्कीले नेपालको सामाजिक र आर्थिक क्षेत्रमा ठुलो योगदान पुर्याएको भन्दै सो डक्टर अवार्ड प्रदान गरीएको हो ।

३० देशका एकसय पचास भन्दा बढी विशिष्ट व्याक्तिहरुको उपस्थिति रहेको सो कार्यक्रममा कार्की सहित ५५ जनालाई विभिन्न विधामा मानार्थ ‘विद्यावारिधि’बाट दिक्षित गरीएको थियो ।

कार्यक्रममा विश्वविद्यालयका तर्फबाट डा. इरवार्ड रोय कृष्णन, संस्थापक तथा महानिर्देशक डा. इडवार्ड रोय कृष्णन, व्यवस्थापन प्रमुख रोबर्ट ब्राण्डको उपस्थिति रहेको थियो ।

मिस एसिया रश्मि ठाकुरको समेत उपस्थिति रहेको समारोहमा विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गरी पिएचडी उपाधि हासिल गर्ने १० जना र एमबिए उपाधि पाउने ४५ जना विद्यार्थी दिक्षित भएका थिए ।

यस्तै, कार्यक्रममा युरोपियन इन्टरनेशनल युनिभर्सिटीका डा. एर्वर्ड रोय कृष्णन, संस्थापक तथा महानिर्देशक डा. एडवर्ड रोय कृष्णनको बिशेष उपस्थिति रहेको थियो । 

सिंगटी हाइड्रो इनर्जी लिमिटेडका कार्यकारी निर्देशक रहेका कार्की रोटरी क्लव अफ पाटन हेरीटेजका अध्यक्ष समेत हुन् । युरोपियन इन्टरनेशनल युनिभर्सिटी फ्रान्सको चर्चित विश्वविद्यालय हो ।