९ मंसिर, २०८१ आइतबार
07:06:01 AM
१८ साउन, २०७९
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफा सामान्य बढेको छ ।
समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ६८ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १२.६३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ८.९२ प्रतिशतले बढेर ६ अर्ब ४७ करोड ९४ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ५ अर्ब ९४ करोड ८८ लाख रूपैयाँ रहेको थियो ।
यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा ११.७७ प्रतिशतले बढेर ५ अर्ब २३ करोड ६९ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ४ अर्ब ६८ करोड ५३ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ११.८९ प्रतिशतले कम हो ।
त्यस्तै, बैंकको चुक्ता पुँजी १८ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ र जगेडा कोषमा ८ अर्ब ८९ करोड ७७ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ३२ पैसाबाट घटेर १९ रूपैयाँ ७३ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।