९ मंसिर, २०८१ आइतबार

07:03:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल एसबिआई बैंकको नाफासँगै बढ्यो ईपीएस, वितरणयोग्य मुनाफा कति ?

१८ साउन, २०७९

नेपाल एसबिआई बैंकको नाफासँगै बढ्यो ईपीएस, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको वितरणयोग्य नाफा उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९६ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी ५३.७२ प्रतिशतले बढेर ४ अर्ब ४० करोड ७७ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी २ अर्ब ८६ करोड ७३ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा ७५।०१ प्रतिशतले बढेर २ अर्ब ३६ करोड ५१ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले १ अर्ब ३५ करोड १३ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ रहेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३२७ प्रतिशतले बढि हो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ९ अर्ब ८२ करोड ५८ लाख रुपैयाँ र जगेडा कोषमा ८ अर्ब ८५ करोड ११ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ८१ पैसाबाट बढेर १६ रूपैयाँ ६७ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ३५ पैसा रहेको छ ।