१३ बैशाख, २०८१ बिहिबार

12:12:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पोखराबाट पब्लिक टिभीको परीक्षण सुरु

Nepal Business

१७ साउन, २०७९

टिभीले समाजमा भएका विभिन्न विकृति, विसङ्गतिलाई चिर्दैै, त्यसलाई न्यूनीकरण गरेर सञ्चार क्षेत्रमा सफलता प्राप्त गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पोखराबाट पब्लिक टिभीको परीक्षण सुरु

पोखरा,
बार्दली मिडियाद्वारा सञ्चालित फोर के प्रविधियुक्त पब्लिक टेलिभिजनको आज मंगलबारदेखि पोखरामा परीक्षण प्रसारण सुरु गरिएको छ । 

प्रसारणको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले शुभारम्भ गर्नुभयो ।

प्रसारणको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले शुभारम्भ गर्नुभयो ।

मन्त्री थापाले पोखरामा धेरै टेलिभिजन भए पनि पब्लिक टिभी विश्वसनीय र स्तरीय सामग्रीले उत्कृष्ट हुने विश्वास व्यक्त गर्नुभयो । 

टिभीले समाजमा भएका विभिन्न विकृति, विसङ्गतिलाई चिर्दैै, त्यसलाई न्यूनीकरण गरेर सञ्चार क्षेत्रमा सफलता प्राप्त गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

समाजमा लुकेका विषयको उजागर गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पब्लिक टिभीले पोखरामा एउटा उत्कृष्ट सञ्चारमाध्यमको पहिचान बनाउने विश्वास व्यक्त गर्नुभयो । 

टेलिभिजनका निर्देशक रुद्रप्रसाद अर्यालले प्रविधिले लगातार फड्को मारिरहँदा पछिल्लो प्रविधिलाई आत्मसात गरी टिभी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

 सञ्चार क्षेत्रमा लामो अनुुभव र दक्षता हासिल गरिसकेका जनशक्तिसँग सहकार्य गर्न पाउँदा हर्षित बनेको बताउँदै उहाँले टेलिभिजन समाचार, मनोरञ्जनको माध्यम मात्रै नभई सूचना सम्प्रेषण, जनता र सरकारबीच पुलको काम गर्ने र आवाजविहीनको आवाज बोल्ने माध्यमका रुपमा अघि बढ्ने बताउनुभयो ।