१० मंसिर, २०८१ सोमबार

10:39:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

परिसंघले खोल्यो बारा–पर्सा उद्योग सङ्घ

Nepal Business

१७ साउन, २०७९

बाराको सिमरामा आयोजित औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मूल आधार भएको बताउनुभयो ।

परिसंघले खोल्यो बारा–पर्सा उद्योग सङ्घ

बारा,

आर्थिक वृद्धि एवम् लगानीको विषयलाई केन्द्रित गरी मधेस प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ । 

मधेस प्रदेश सरकार, नेपाल उद्योग परिसङ्घ र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरिएको हो । 

सम्मेलनमार्फत नेपाल उद्योग परिसङ्घले बारा–पर्सा उद्योग सङ्घ गठन गरेको छ । सङ्घको अध्यक्षमा वीरेन्द्र सङ्घाइ रहनुभएको परिसङ्घले जनाएको छ । परिसङ्घले सङ्गठन विस्तार गर्ने क्रममा बारा–पर्सा उद्योग सङ्घ गठन गरेको हो । 

सम्मेलनमार्फत नेपाल उद्योग परिसङ्घले बारा–पर्सा उद्योग सङ्घ गठन गरेको छ । सङ्घको अध्यक्षमा वीरेन्द्र सङ्घाइ रहनुभएको परिसङ्घले जनाएको छ । परिसङ्घले सङ्गठन विस्तार गर्ने क्रममा बारा–पर्सा उद्योग सङ्घ गठन गरेको हो । 

बाराको सिमरामा आयोजित औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मूल आधार भएको बताउनुभयो ।

उद्योगमैत्री वातावरण बिना प्रदेश वा देशको समृद्धिको परिकल्पना गर्न नसकिने उहाँले बताउनुभयो । 

उद्योगको स्थापनादेखि सञ्चालनसम्म उत्पन्न विभिन्न समस्यालाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत अघि बढेको भन्दै उहाँले वीरगन्जमा उद्योग विभाग स्थापनाको निर्णय सरकारले गरेको जानकारी गराउनुभयो ।

 “सबैभन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशको रूपमा मधेस प्रदेश रहेको छ । यहाँका युवाहरुलाई उचित तालिमको व्यवस्था गरी स्वदेशमै रोजगारी उपलब्ध गराउन प्रदेश सरकारको योजनामा सहकार्य गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो । 

सम्मेलनमा नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले मधेस प्रदेशका उद्योगीले अन्य प्रदेशमा बिजुली उत्पादन गरेर मधेस प्रदेशमा ल्याउन सक्ने बताउनुभयो । 

त्यसका लागि पावर ह्लीङलगायतको व्यवस्था आवश्यक पर्ने उहाँले बताउनुभयो । उहाँले अन्य प्रदेशका विद्युत् उत्पादकसँग मधेस प्रदेशका उद्योगले सोझै विद्युत् खरिद गर्न पाउने गरी व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो ।