१३ मंसिर, २०८१ बिहिबार

12:55:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा ऋण असुली पुनरावेदन न्यायाधीकरणमा परे १६ मुद्दा, कस्को कति ?

Nepal Business

१७ साउन, २०७९

एक वर्षमा ऋण असुली पुनरावेदन न्यायाधीकरणमा परे १६ मुद्दा, कस्को कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७८÷७९ मा ऋण असुली पुनरावेदन न्यायाधीकरणमा १६ वटा मुद्दा दर्ता भएका छन् । एक वर्षको अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ मुद्दा परेका हुन् ।

पुनरावेदन न्यायाधीकरणको तथ्यांक अनुसार जसमध्ये नौं वटा मुद्दा अघिल्लो आवमा फैसला हुन नसकेका मुद्दा रहेका छन् । 

यस्तै यस अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाका १४ करोड ६६ लाख ९५ हजार ५८३ रुपैयाँ बराबरको विगो दावी सहित १७ वटा मुद्दा दर्ता भएका छन् । जसमा वाणिज्य बैंकका मात्र १२ वटा र ४ वटा विकास बैंकका रहेको पुनरावेदन न्यायाधीकरणको तथ्यांकमा उल्लेख छ । 

मुद्दा दर्ता भएका बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकका २ वटा, माछापुच्छ्रे बैंकको २७ करोड १७ लाख रुपैयाँ बराबरको एउटा मुद्दा, प्रभु बैंकको १ करोड ८५ लाख रुपैयाँ बराबरको ४ वटा, ग्लोबल आईएमई बैंकको ४ करोड ७८ लाख ९३ हजार ४६१ रुपैयाँ बराबरको दुई वटा र सिभिल र्बैंकको ७ करोड २९ लाख ५८ हजार रुपैयाँ विगो दावी सहित मुद्दापरेको ऋण असुली पुनरावेदन न्यायाधीकरणले जनाएको छ। एभरेष्ट बैंकका एक वटा र नबिल बैंकको एउटा रहेको छ । 

यस्तै विकास बैंक तर्फ लुम्बिनी विकास बैंकको दुई वटा र महालक्ष्मी विकास बैंकका दुई वटा मुद्दा परेको हुन् । यस अवधिमा महालक्ष्मी विकास बैंकका ४४ लाख २० हजार ३६३ रुपैयाँ विगो दावी सहितको मुद्दा परेको छ ।