१४ बैशाख, २०८१ शुक्रबार

06:51:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थतन्त्रमा बाह्य कुरा सुधार भएपनि आन्तरिक गतिविधि चलायमान हुन सकेन

Nepal Business

२४ माघ, २०७९

आयात नियन्त्रणका लागि विगतमा सरकार र राष्ट्र बैंकद्वारा भएका नीतिगत प्रयास, कर्जा विस्तारमा कडाइलगायत कारणले पछिल्ला महिनाहरूमा मुलुकको बाह्य सूचकहरूमा सुधार भएको र त्यो सुधारलाई कायम राख्ने अबको चुनौती भएको अर्थविद्हरूले बताएका छन् ।

अर्थतन्त्रमा बाह्य कुरा सुधार भएपनि आन्तरिक गतिविधि चलायमान हुन सकेन

आयात निरन्तर घटेको र रेमिट्यान्स बढेकोलगायत कारणले पछिल्ला महिनाहरूमा अर्थतन्त्रका बाह्य सूचकहरूमा लगातार सुधार भइरहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औँल्याएपछि आर्थिक गतिविधि राम्ररी चलायमान हुनसकेको छैन ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले मुलुकको विदेशी मुद्रा सञ्चिति थप १ खर्ब २१ अर्बले र रेमिट्यान्स २४.३ प्रतिशत बढेको छ । शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको देखाएको हो । 

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनले मुलुकको विदेशी मुद्रा सञ्चिति थप १ खर्ब २१ अर्बले र रेमिट्यान्स २४.३ प्रतिशत बढेको छ । शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको देखाएको हो । 

आयात नियन्त्रणका लागि विगतमा सरकार र राष्ट्र बैंकद्वारा भएका नीतिगत प्रयास, कर्जा विस्तारमा कडाइलगायत कारणले पछिल्ला महिनाहरूमा मुलुकको बाह्य सूचकहरूमा सुधार भएको र त्यो सुधारलाई कायम राख्ने अबको चुनौती भएको अर्थविद्हरूले बताएका छन् ।

अर्थतन्त्रको बाह्य अवस्था सहज भइसकेकाले सरकारले पुँजीगत खर्च वृद्धि गरेर मन्दीको संघारमा रहेको अर्थतन्त्रलाई जोगाउनुपर्ने र आर्थिक गतिविधि चलायमान बनाउनुपर्ने उनीहरूको सुझाव छ । 

केही महिनायता उद्योग व्यवसायमा सुस्ती आएको छ । यो अवधिमा उद्योगहरूको उत्पादन मात्र घटेको छैन, उपभोक्ताको उपभोग क्षमतामा पनि कमी आएको छ । तरलता अवस्थामा सुधार आए पनि उच्च ब्याजदर र चालु पुँजी कर्जासम्बन्धी नीतिगत व्यवस्थाले उद्योगी व्यवसायीले नयाँ कर्जा लिन सकेका छैनन् ।