९ मंसिर, २०८१ आइतबार

07:09:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा महिला लघुवित्तले कमायो १५ करोडभन्दा बढी खुद नाफा

Nepal Business

१७ साउन, २०७९

एक वर्षमा महिला लघुवित्तले कमायो १५ करोडभन्दा बढी खुद नाफा

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ करोडभन्दा बढी खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा ६१.४३ प्रतिशत बढी हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ९ करोड २९ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष कम्पनीको सञ्चालन नाफा भने १८.७६ प्रतिशत कम भएको छ । सञ्चालन नाफा घटेको वर्ष कम्पनीको खराब कर्जा संकलन बढी भएकाले खुद नाफा बढेको देखिन्छ । 
अघिल्लो वर्ष ४ करोड १५ लाखभन्दा बढी रहेको खराब कर्जा संकलन गत वर्ष १५ करोड १४ लाखभन्दा बढी भएको हो । 

सञ्चालन नाफा भने सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याएकाले घटेको देखिन्छ । अघिल्लो वर्ष १० करोडभन्दा बढी सम्भावित जोखिम शिर्षकमा छुट्याएको कम्पनीले गत वर्ष रू. १२ करोड ३५ लाखभन्दा बढी छुट्याएको हो ।

यस्तै निक्षेप संकलन भने ४४.३८ प्रतिशत बढी १ अर्ब ३४ करोड भएको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष १.७१ प्रतिशत रहेकोमा गत वर्ष १.९१ प्रतिशत पुगेको छ ।
यसैगरी ४७.५० प्रतिशत बोनस सेयर वितरण गरी चुक्तापूँजी १४ करोड ७५ लाख पु¥याएको छ । चौथो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी १०१.७६ रहेकोमा प्रतिसेयर नेटवर्थ रू. ३०२.२६ रहेको छ ।

कम्पनीको जगेडा कोष रकम २९ करोड ८३ लाखभन्दा बढी कायम भएको छ । साढे २३ प्रतिशत बढी २ अर्ब ७७ करोड कर्जा सापटी लिएको कम्पनीले ८६.६४ प्रतिशत कम ४४ करोड ५६ लाख कर्जा प्रवाह गरेको छ ।