५ जेठ, २०८१ शनिबार

05:55:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नविल बैंकको लाभांश ३८ प्रतिशत

Nepal Business

३० पुस, २०७८

नविल बैंकको लाभांश ३८ प्रतिशत

काठमाण्डौ
नविल बैंक लिमिटेडले आफ्ना शेयर सदस्यहरुलाई ३८ प्रतिशत लाभांश दिने भएको छ । सुक्रवार भएको बैंकको ३७ औं साधारण सभाले शेयर धनिहरुलाई ३८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । बैंकको साधारण सभाबाट उपेन्द्र पौडेल र उदय कृष्ण उपाध्याय सञ्चालक समितिमा निर्वाचित भएका छन् । बैंकको अध्यक्षमा उपेन्द्र पौडेल पुनः निर्वाचित भएका छन् । भर्खर मात्र नेपाल बंगलादेश बैंक नविलसंग गाभिएको छ । यो संगै नविल बैंक नेपालको ठूलो बैंकका रुपमा स्थापित भएको छ । बैंकले सेवाग्राहीहरुलाई विभिन्न रचनात्मक प्याकेजहरु प्रदान गर्दै आएको छ ।