६ जेठ, २०८१ आइतबार

01:09:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तत्कालीन कार्यकारी अधिकृतविरुद्ध भ्रष्टचार मुद्दा दायर (पूर्णपाठसहित)

Nepal Business

१६ साउन, २०७९

तत्कालीन कार्यकारी अधिकृतविरुद्ध भ्रष्टचार मुद्दा दायर (पूर्णपाठसहित)

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृतविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ । आयोगले  सोमबार अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालीन कार्यकारी अधिकृत रामजी जोशीविरुद्ध विशेष अदालत काठमाण्डौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

जोशीले छत्रदेव गाउँपालिकामा आर्थिक वर्ष २०७३÷०७४ मा फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको पाइएको छ । साथै बिल अनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सीमित हुने गरी सामानहरु खरिद गरेको भन्ने उजुरी आयोगमा परेको थियो । 

आयोगका अनुसार फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिद गरिएकोमा खरिद भएका सामग्रीहरु मध्ये चार लाख ४७ हजार ५ सय रुपैयाँ बराबरका सामग्रीहरु कार्यालयमा नरहेको देखिएको छ ।

जोशीले भ्रष्टाचार गरेको पुष्टि भएकोले चार लाख ४७ हजार पाँच सय रुपैयाँ कायम गरी विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।