६ जेठ, २०८१ आइतबार

10:04:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको १५ दिनमा ९२७ जना व्यक्ति तथा कम्पनी कालोसूचीमा

Nepal Business

१६ साउन, २०७९

चालु आर्थिक वर्षको १५ दिनमा ९२७ जना व्यक्ति तथा कम्पनी कालोसूचीमा

काठमाडौं । चालु आर्थिक वर्षमा ९२७ जना व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार साउन १५ गतेसम्म मात्रै ९२७ जना व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका हुन्।

गत आर्थिक वर्षमा १५ हजार ९९९ जना कालोसूचीमा परेको केन्द्रले जनाएको छ। 

कुनै पनि कम्पनी वा व्यक्तिले बैङ्कबाट लिएको ऋण तिर्ने अवधि ९० दिनभन्दा बढी भएमा त्यस्तो ऋणी कालोसूचीमा पर्ने गर्दछ । साथै कुनै व्यक्तिले कसैलाई चेक दियो र चेकमा पर्याप्त रकम छैन भने सो पनि कालोसूचीमा पर्छ ।

केन्द्रका अनुसार बैंकले भाका नाघेको ऋणको सम्पूर्ण विवरण प्रत्येक आर्थिक वर्षको त्रैमास सकिएको मितिले १५ दिनसम्म पनि ऋण चुक्ता नभए कर्जा सूचना केन्द्रमा पठाउनु पर्ने हुन्छ ।

बैंकले नयाँ कर्जा प्रवाह गर्न, पुरानो कर्जा नवीकरण गर्न, पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नु अगावै ग्राहकको बारेमा कर्जा सूचना केन्द्रबाट अनिवार्य रुपमा कर्जा सूचना लिनुपर्ने छ ।