६ जेठ, २०८१ आइतबार

10:49:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्रोत नखुलेको १५ लाख नगदसहित एक जना पक्राउ

Nepal Business

१६ साउन, २०७९

स्रोत नखुलेको १५ लाख नगदसहित एक जना पक्राउ

रूपन्देही । सिद्धार्थ नगरपालिका–१ बाईपासबाट स्रोत नखुलेको नगद १५ लाख ५० हजार रूपैयाँ सहित भारत घर भएका ४६ वर्षीय आशि साहुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लु ६ प ७१२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजश्‍व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको छ ।