१० मंसिर, २०८१ सोमबार
12:42:21 PM
१६ साउन, २०७९
देवचुली नगरपालिका र उवासंघको प्रमण्डलबाट महासंघका पदाधिकारी समक्ष भेटवार्ता
काठमाण्डौं । नवलपरासीको देवचुली क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई आग्रह गर्न देवचुली नगरपालिकाका मेयरको नेतृत्वमा आएको नगरपालिका र देवचुली उद्योग वाणिज्य संघका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले महासंघका पदाधिकारीहरू समक्ष भेटवार्ता गरेको छ।
प्रतिनिधिमण्डलमा नगरपालिकाका उपमेयर, देवचुली उद्योग वाणिज्य संघका अध्यक्षसहित संघका पदाधिकारीहरू हुनुहुुन्थ्यो। देवचुलीलाई लगानीको आकर्षण गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकार र निजी क्षेत्र बीच बलियो सहकार्य रहेको सो अवसरमा प्रतिधिमण्डलकातर्फबाट सन्देश दिइएको थियो।
देवचुलीको भौगोलिक अवस्थिति, प्राकृतिक स्रोत साधन र स्थानीय तहमा स्थानीय सरकार र निजी क्षेत्र बीच बलियो सहकार्य रहेका कारण देवचुलीमा लगानी गर्न प्रतिनिधिमण्डलले आग्रह गरेको छ।उद्योग स्थापना, पर्यटन विकास, सार्वजनिक स्थलतथा पूर्वाधार निर्माण लगायतमा लगानीको प्रचुर सम्भाव्यता रहेको कुरालाई प्रतिनिधिमण्डलले स्पष्ट पार्यो।
महासंघका अध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाई सहभागी रहनुभएको भेटवार्तामा भ्रमणको उद्देश्यमाथि प्रकाश पार्दै मेयर हरिप्रसाद न्यौपानेले देवचुलीमा लगानी गर्न आउने लगानीकर्तालाई स्थानीय सरकारकातर्फबाट गर्नुपर्ने सवै प्रकारको सहयोग गर्न आफूहरु तयार रहेको विश्वास दिलाउनुुभयो।
नेपाल उद्योग वाणिज्य महासघको राष्ट्रिय–अन्तराष्ट्रिय तहमा बलियो प्रभाव रहेकाले महासंघमार्फत स्वदेशी एवं विदेशी लगानी भित्रयाउने कार्यमा सहयोग गरिदिन मेयरले आग्रह गर्नुभयो।
‘महासंघका पदाधिकारीहरु आफ्नै पनि ठूला लगानीकर्ताहरू हुनुहुन्छ, तपाईहरूको सहयोग हाम्रो क्षेत्रले खोजेको छ । लगानीको वातावरण निर्माण सहित सवै सहजीकरणका लागि हामी तयार छौं’, मेयर न्यौपानेले स्पष्ट भन्नुभयो।
महासंघका अध्यक्ष गोल्छाले देवचुलीमा स्थानीय सरकार र निजी क्षेत्रको संस्था उद्योग वाणिज्य संघबीचको सहकार्य देखेर आफू अत्यन्त प्रभावित भएको बताउदै देवचुलीमा रहेको सम्भाव्यताका सम्बन्धमा विज्ञको सहयोगमा ठोस अध्ययन गराई त्यसैको आधारमा त्यस क्षेत्रको विकासमा अगाडि बढ्न सुुझाव दिनुुभयो।
‘महासंघले आफ्ना तर्फबाट सहयोग गर्न हामी तयार छौं तर एउठा ठोस अध्ययनका आधारमा लगानी प्रवद्र्धन सहित आर्थिक विकासका कुरालाई अगाडि बढाउन पाइयो भने त्यसले छिटो मूर्तरुप लिन सक्नेछ’, अध्यक्ष गोल्छाले भन्नुभयो।
महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाईले स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहकार्यको यो प्रयासले नै त्यस क्षेत्रमा अर्थिक विकासको बलियो सम्भावना रहेको बताउने धारणा राख्नुुभयो।
स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई स्थानीय ऐनले पनि महत्वपूर्ण प्राथमिकता दिएकाले राजस्व संकलन, बस पार्क, मनोरज्जन पार्क, केवलकार निर्माण, सरसफाई लगायतका क्षेत्रमा काम गर्न सकिने बताउनुुभयो।
नगरपालिका र संघ मिलेर आफ्ना क्षेत्रका सम्भाव्यता पहिचान गरी त्यसैको आधारमा दिगो रुपमा सहकार्य गर्न सहमतीपत्र हस्ताक्षर गरेर जानपनि उपाध्यक्षहरूले सुुझाव दिनुुभयो।
देवचुली उवांघका अध्यक्ष सूूर्य प्रसाद दवाडीले समृद्ध देवचुलीको भोक स्थानीय सरकार र निजी क्षेत्र दुवैलाई भएकाले देवचुलीमा लगानीको अभियानलाई अगाडि बढाइएको स्पष्ट पार्नुुभयो।
भेटवार्तामा नगरपालिकाका उपमेयर पार्वता तिवारी, देवचुली उवासंघका पदाधिकारीहरू, नगरपालिकाका प्रवक्ता वडाध्यक्ष सहितको उपस्थिति थियो।