९ मंसिर, २०८१ आइतबार

08:50:28 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षका जाल्पाको खुद नाफा ४.६७ प्रतिशतले घट्यो, कति भयो नाफा ?

Nepal Business

१६ साउन, २०७९

एक वर्षका जाल्पाको खुद नाफा ४.६७ प्रतिशतले घट्यो, कति भयो नाफा ?

काठमाण्डौं । अघिल्लो आर्थिक वर्षको तुलनामा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म जाल्पाले ९ करोड ८६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ४.६७ प्रतिशतले कम हो । 

अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले १० करोड ३४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष खराब कर्जा संकलनमा कमि आउँदा कम्पनीको खुद नाफा घटेको कम्पनीले जनाएको छ। 

अघिल्लो वर्ष ६ करोड ९८ लाख रूपैयाँभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले गत वर्ष ३ करोड ८४ लाख रूपैयाँभन्दा बढी मात्र यो कर्जा संकलन गरेको देखिन्छ ।

कम्पनीको सञ्चालन नाफा पनि अघिल्लो वर्षभन्दा १.४५ प्रतिशत कम ९ करोड ४६ लाख रूपैयाँभन्दा बढी मात्र भएको छ । हाल कम्पनीको चुक्तापूँजी १६ करोड रूपैयाँ रहेको छ भने जगेडा कोष रकम ४७ करोड २६ लाख रूपैयाँभन्दा बढी छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५७.८९ प्रतिशत बढी १ अर्ब ८९ करोड रूपैयाँ कर्जा सापटी लिएको कम्पनीले ४०.२९ प्रतिशत बढी ५ अर्ब ५ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । 
यस्तै निष्क्रिय कर्जा ३.१४ प्रतिशत अघिल्लो वर्ष रहेकोमा गत वर्ष घटेर २.३२ प्रतिशतमा झरेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी ६१ रूपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ ३४७ रूपैयाँ ७० पैसा रहेको छ । यसैगरी यस अवधिसम्म कम्पनीको निक्षेप संकलन भने साढे २० प्रतिशत बढी २ अर्ब ५५ करोड रूपैयाँ भएको छ ।