९ मंसिर, २०८१ आइतबार
08:08:48 AM
१५ साउन, २०७९
काठमाण्डौं । सिटिजन्स बैंक र एपोलो डाइग्नोेस्टिककेन्द्रबिच छुट सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता अनुसार बैंकका ग्राहकले एपोलो डाइग्नोेस्टिकले १५ प्रतिशत छुट पाउने छन् ।
बैंकका अनुसार, धुम्बाराही काठमाडौं स्थित ‘क’ वर्गको एपोलो डाइग्नोेस्टिक केन्द्रबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने सम्झौता पश्चात बैंकका कार्डबाहकहरुले एपोलो डाइग्नोेस्टिक केन्द्रका विभिन्न स्वास्थ्य सम्बन्धि जाँच र हेल्थ प्याकेजहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
बैंकले १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दैे आएको जनाएको छ ।