६ मंसिर, २०८१ बिहिबार

11:58:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेलपे एनीभर्सरी अफर

Nepal Business

१५ साउन, २०७९

सेलपे एनीभर्सरी अफर

काठमाण्डौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन ‘ एनीभर्सरी अफर’ ल्याएको छ । 

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेमा केवाईसी भेरिफाई गरी बैंकमा लिक गर्नुपर्नेछ । लिक गरेपछि ग्राहकरुले दुई सय वालेट ब्यालेन्स पाउनेछन् । यसका साथै सामसुग ग्यालेक्सी ए५२ जित्ने मौका पनि पाउने छन् । 

यो योजना प्रथम ३३३ ग्राहकहरुलाई लागु हुनेछ । यो योजना आज आइतबारदेखि लागू  भएको छ । 

ग्राहकहरुले सेलपे कार्टमा २० प्रतिशत छुट अधिकतम एक सय रुपैयाँसम्म पाउन सक्नेछन् । साथै पहिलो पटक फण्ड ट्रान्फर गर्दा दुई सय बराबरको सपिङ भौचर पाउन सक्नेछन्।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।