९ मंसिर, २०८१ आइतबार

08:41:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय वाणिज्य बैंकको ‘फुल डबल मुद्दती खाता’

Nepal Business

१५ साउन, २०७९

राष्ट्रिय वाणिज्य बैंकको ‘फुल डबल मुद्दती खाता’

काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ । 

बैंकले सो अवधिको अन्त्यमा कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्ने बैंकले जनाएको छ । 
यो मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुबिधामा ५० प्रतिशत छुट पाउने पनि बैंकले जानकारी दिएको छ । डेबिट कार्ड, मोबाइल बैंकिङ्ग सेवामा शुरुको वर्ष निशुल्क र बाँकी अवधीको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्रदान गरिनेछ ।

 देशभरका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।