६ जेठ, २०८१ आइतबार

11:13:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थमन्त्रीमा शर्मा नियुक्त, शपथ ग्रहण ५ बजेपछि हुने

Nepal Business

१५ साउन, २०७९

अर्थमन्त्रीमा शर्मा नियुक्त, शपथ ग्रहण ५ बजेपछि हुने

काठमाण्डौं । अर्थमन्त्रीमा माओवादी केन्द्रका नेता जनार्दन शर्मा नियुक्त हुनुभएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो । 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको उल्लेख छ । राष्ट्रपति कार्यालयका अनुसार शर्माको शपथ ग्रहण आइतबार ५ बजेपछि हुनेछ।

मन्त्री नियुक्तपछि हाल प्रधानमन्त्रीले सम्हाल्दै आएको अर्थ मन्त्रालयको जिम्मेवारी शर्मालाई दिइएको विज्ञप्तिमा उल्लेख छ ।

आजै नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गर्नुभएको थियो । 

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर ११ सदस्यीय संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका दिनुभएको थियो । 

छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको उहाँले ‘क्लिन चिट’ पाउनुभएको थियो । छानबिन सकितिले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएको थियो ।