९ मंसिर, २०८१ आइतबार

08:15:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल राष्ट्र बैंकले १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

Nepal Business

१५ साउन, २०७९

नेपाल राष्ट्र बैंकले १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले साउन १७ गते (मंगलबार)९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो । 
यी ट्रेजरी बिलको भोलि सोमबार बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो बिल आउँदो कात्तिक १५ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले १८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । जुुन आगामी माघ १७ परिपक्व हुनेछ । 

यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । 

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।