६ जेठ, २०८१ आइतबार

02:09:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निगम अझै ५० करोड घाटामा, इण्डियन आयल कर्पोरेशनलाई २२ अर्व ४० करोड बुझाउन बाँकी

Nepal Business

१५ साउन, २०७९

पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने सरकारको कुनै तयारी नरहेको

निगम अझै ५० करोड घाटामा, इण्डियन आयल कर्पोरेशनलाई २२ अर्व ४० करोड बुझाउन बाँकी

काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाकाबन्दी हुँदा तत्कालिन सरकारले पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई अनुमति दिएको बताउनुभएको छ ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री बडूले नाकाबन्दी हुँदा नियमावलीका आधारमा केहि नीजि क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्ने जिम्मा दिएको बताउनुभएको हो ।

उहाँले कुन सरकारका पालामा कुनै नीजि क्षेत्रले कति पेट्रोलियम पदार्थको आयात गरेको छ भन्ने सार्वजनिक गर्ने बताउनुभयो । अबौंको चलखेलमा आयल निगमलाई निजिकरण गर्ने भनेर नेताहरुले नै निराधार भ्रम फैलाउने काम गरेको उहाँको भनाई छ ।  

मन्त्री बडूले अहिले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने सरकारको कुनै तयारी नरहेको स्पष्ट पार्नुभयो ।

अहिलको मुख्य विषय भने निगमभित्रको सुधार मात्रै भएको उहाँले बताउनुभयो । उहाँले निगम अहिले पनि ५० करोड घाटामा रहेको र इण्डियन आयल कर्पोरेशनलाई २२ अर्व ४० करोड बुझाउन बाँकी रहेको जानकारी दिनुभयो ।

मन्त्री बडूले पेट्रोलियम पदार्थको ढूवानी नीजि क्षेत्रबाट हुने गरेको भन्दै ढूवानीको पैसा नपाएका कारण समस्या देखाउने गरेको जिकिर गर्नुभयो ।  त्यस्तै मन्त्री बडूले यसअघि पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा पनि निगमले जनतालाई थप मार नपार्न अन्तराष्ट्रिय मूल्य बन्दा कममा बिक्रि गरेको जिकिर गर्नुभयो ।

निगमलाई सरकारले सघाउने गरि नै काम गरेपनि केहि समस्या भने देखिएको उहाँको भनाई छ ।