५ जेठ, २०८१ शनिबार

03:58:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त

३० पुस, २०७८

सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त

काठमाण्डौं

सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार श्रेष्ठ नियुक्त हुनु भएको छ । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गते देखि श्रेष्ठले पदभार ग्रहण गर्नु हुनेछ । 

रमेशकुमार श्रेष्ठ यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत हुनु हुन्थ्यो । वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नु भएका उहाँले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैंकिङ् क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गर्नु भएको छ । उहाँ संचालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिनु हुन्छ ।