५ जेठ, २०८१ शनिबार

04:18:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बतास समुहलाई उद्योग वाणिज्य महासंघको साथ

३० पुस, २०७८

बतास समुहलाई उद्योग वाणिज्य महासंघको साथ

काठमाण्डौं

पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याप्टेरिया संचालन सम्बन्धी विवादमा नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ । महासंघले शुक्रबार जारी गरेको विज्ञप्तीमा बतास अर्गनाइजेसन माथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढि हिस्सा राख्ने निजी क्षेत्रमाथी एकतर्फी रुपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति महासंघको चिन्ता छ । बतास अर्गनाइजेसनले सरकारले आव्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागि भई आवश्यक भाडा बुझाउने शर्तमा क्याप्mटेरिया संचालनको अनुमति पाएको महासंघले जनाएको छ । यसरी सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानूनी र आपराधिक गतिविधि नभएको महासंघले जनाएको छ । 

विज्ञप्तीमा लेखिएको छ, ‘प्रक्रिया र कानून विपरीत भएका गतिविधि माथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा लिंदैन तर त्यसको सत्य तथ्य खोजी हुनुु पर्छ भन्ने हाम्रो मान्यता छ । संचारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टिकरणको मौका समेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत होइन ।’

महासंघका अनुसार सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फी रुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पार्छ । 

विधिसम्मत पेशा व्यवसाय गर्न पाउने आम नागरिकको संवैधानिक अधिकारमाथि प्रहार हुन नदिने बिषयमा पनि महासंघ प्रष्ट छ । अतः व्यवसायीमाथि एकतर्फी रुपमा बिना कुनै प्रमाण कहि कतैबाट पनि प्रहार नगर्न नगराउन महासंघको आग्रह छ ।