६ जेठ, २०८१ आइतबार

12:52:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागद्धारा ४ करोड ९६ लाखभन्दा बढि राजस्व संकलन

Nepal Business

१५ साउन, २०७९

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागद्धारा ४ करोड ९६ लाखभन्दा बढि राजस्व संकलन

काठमाण्डौं । आर्थिक वर्ष २०७८/७९ मा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले ४ करोड रुपैयाँभन्दा बढि राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को विभागको तथ्यांक अनुसार विभिन्न दस्तुर बापत ४ करोड ९६ लाख ५३ हजार ५९० रुपैयाँ राजस्व संकलन गरेको हो ।

विभागले श्रम कानुनको बर्खिलाप भएकोमा कारवाही स्वरुप जरिवानामा समेत तिराएको छ । जसबाट विभागले एक वर्षको अवधिमा ४६ लाख ४८ हजार २१२ रुपैयाँ जरिवाना शुल्क उठाएको छ । 

यस्तै विभगले यस अवधिमा कल्याणकारी कोषममा १ अर्ब ३० करोड ९९ लाख ६८ हजार ७६० रुपैयाँ जम्मा गरेको छ । विभागका अनुसार यस अवधिमा २ हजार भन्दा गैर नेपाली नागरिकलाई श्रम इजाजत जारी गरिएको छ ।

गत आवको एक वर्षमा विभागले मान्यता प्राप्त २८० प्रतिष्ठानमा २ हजार १८१ गैर नेपाली नागरिकलाई श्रम इजाजत जारी गरेको हो । श्रम इजाजत प्राप्त गर्ने गैर नेपालीहरुमा चीनबाट सर्वाधिक रहेका छन् । यस अवधिमा १ हजार ६२९ चिनियाँ नागरिकले श्रम स्वीकृति लिएका हुन् ।

यसैगरी संयुक्त राज्यबाट १०६ जना, संयुक्त राज्य अमेरिकाबाट ८३ जना, जापानबाट ६१ जना र भारतबाट ५७ जनाले श्रम स्वीकृति लिएका हुन् ।

विभागले गत आवमा औद्योगिक दुर्घटनामा परेका २६ जनालाई क्षतिपूर्ति समेत दिएको छ । यसका साथै प्रतिष्ठानका काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए नलिएको अनुगमन गरेको विभागको जनाएको छ ।