१६ चैत, २०८० शुक्रबार

05:38:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एसइईको नतिजामा कर्णाली कमजोर, सुधार्न सामुदायिक शिक्षामा लगानी बढाउनुपर्ने

Nepal Business

१३ साउन, २०७९

शैक्षिक सत्र–२०७८ को एसइईमा कर्णाली प्रदेशबाट ३७ हजार तीन सय ६२ परीक्षार्थी सहभागी थिए । तीमध्ये नौ सय ५१ ले ३.२ देखि ३.६ जीपीए ल्याए । जसलाई ए–ग्रेड भन्ने गरिन्छ ।

एसइईको नतिजामा कर्णाली कमजोर, सुधार्न सामुदायिक शिक्षामा लगानी बढाउनुपर्ने

कर्णाली, 
राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजामा कर्णाली प्रदेश ‘कमजोर’ देखिएको छ ।

बोर्डले पहिलोपटक प्रदेशगतरुपमा सार्वजनिक गरेको नतिजाअनुसार कर्णालीमा ११४ परीक्षार्थीले मात्र ३.६ देखि ४ जीपीए अर्थात उच्च अङ्क ल्याए । 

बोर्डले पहिलोपटक प्रदेशगतरुपमा सार्वजनिक गरेको नतिजाअनुसार कर्णालीमा ११४ परीक्षार्थीले मात्र ३.६ देखि ४ जीपीए अर्थात उच्च अङ्क ल्याए । 

शैक्षिक सत्र–२०७८ को एसइईमा कर्णाली प्रदेशबाट ३७ हजार तीन सय ६२ परीक्षार्थी सहभागी थिए । तीमध्ये नौ सय ५१ ले ३.२ देखि ३.६ जीपीए ल्याए । जसलाई ए–ग्रेड भन्ने गरिन्छ । 

सार्वजनिक प्रदेशगत नतिजाअनुसार कर्णालीका चार हजार ३५ परीक्षार्थीले २.८ देखि ३.२ जीपीए, आठ हजार ३८३ ले २.४ देखि २.८ जीपीए, १० हजार ७३ ले २.० देखि २.४ जीपीए, सात हजार ७७६ ले १.६ देखि २.० जीपीए, दुई हजार ९९४ ले १.२ देखि १.६ जीपीए, १७५ ले ०.८ देखि १.२ जीपीए ल्याए ।

प्रदेशगतरुपमा उच्च अङ्क ल्याउने परीक्षार्थी बागमति प्रदेशका सबैभन्दा बढी छन् ।