५ जेठ, २०८१ शनिबार

05:53:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिभिल बैंकले ५.२६ प्रतिशत लाभांश दिने

३० पुस, २०७८

सिभिल बैंकले ५.२६ प्रतिशत लाभांश दिने

काठमाण्डौं

सिभिल बैंक लिमिटेडको ११ औँ वार्षिक साधारण शुक्रवार सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रति शेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको हो । 

साथै सभाले आ.व. २०७८÷०७९ को लेखा परीक्षण गर्नको लागि ‘एन.बि.एस.एम.एण्ड एशोसियट्स’लाई लेखा परीक्षकमा पुनःनियुक्त गर्नुका साथै बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने÷हुने वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ् सेवा तथा सुबिधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८७ एटिएम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले ९१ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्बभन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।