९ मंसिर, २०८१ आइतबार

07:13:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आशा लघुवित्तले नाफा १२ करोड ३५ लाख, अन्य अवस्था कस्तो ?

१३ साउन, २०७९

आशा लघुवित्तले नाफा १२ करोड ३५ लाख, अन्य अवस्था कस्तो ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १२ करोड ३५ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा०.४४ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले १२ करोड ३० लाख ३५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी १९.८७ प्रतिशतले बढेर ३१ करोड ७५ लाख ९५ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २६ करोड ५८ लाख ३१ हजार रूपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ३.८९ प्रतिशतले घटेर १८ करोड ७२ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष लघुवित्तको  सञ्चालन मुनाफा १९ करोड ४८ लाख रुपैयाँ थियो।

लघुवित्तको रिजर्भको आकार १२१.३३ प्रतिशतले बढेर २१ करोड ९२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ९ करोड ९० लाख रुपैयाँ रहेको थियो।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ र जगेडा कोषमा २१ करोड ९२ लाख ६५ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ०१ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा रहेको छ ।