९ मंसिर, २०८१ आइतबार
07:02:40 AM
१३ साउन, २०७९
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा र ईपीएस दुबै बढेको छ।
उक्त विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ८ करोड ३ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५५ प्रतिशतले बढि हो ।
गत वर्षको यसै अवधिमा संस्थाले ५ करोड १८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ६२.११ प्रतिशतले बढेर ३ करोड ३८लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष कम्पनीको सञ्चालन मुनाफा २ करोड ८ लाख रुपैयाँ रहेको थियो।
समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी ५७.२३ प्रतिशतले बढेर २१ करोड ९९ लाख ५४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १३ करोड ९८ लाख ८९ हजार रूपैयाँ रहेको थियो ।
संस्थाको रिजर्भको आकार १९९.७२ प्रतिशतले बढेर २८ करोड ८ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ९ करोड ३६ लाख रुपैयाँ रहेको थियो।
त्यस्तै, लघुवित्त कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ र जगेडा कोषमा २८ करोड ८ लाख १९ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) ६६ रुपैयाँ ०३ पैसा र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा रहेको छ ।