९ मंसिर, २०८१ आइतबार
07:07:41 AM
१३ साउन, २०७९
काठमाडौं । र्मिमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले २० करोड ८१ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ८ प्रतिशतले बढि हो ।
गत वर्षको यसै अवधिमा संस्थाले १९ करोड २७ लाख ५६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १५.४४ प्रतिशतले बढेर ३३ करोड ४ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष संस्थाको सञ्चालन मुनाफा २८ करोड ६२ लाख रुपैयाँ थियो।
समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २१.४५ प्रतिशतले बढेर ५४ करोड ३७ लाख ९५ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ४४ करोड ७७ लाख ३४ हजार रूपैयाँ रहेको थियो ।
संस्थाको रिजर्भको आकार ७९.७१ प्रतिशतले बढेर ४५ करोड १९ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २५ करोड १४ लाख रुपैयाँमा सीमित थियो।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ५२ करोड २० लाख ८५ हजार रुपैयाँ र जगेडा कोषमा ४५ करोड १९ लाख ११ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३९ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ५६ पैसा रहेको छ ।