६ जेठ, २०८१ आइतबार

10:37:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आज विश्व बाघ दिवस : वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणमा सचेतनाको खाँचो

Nepal Business

१३ साउन, २०७९

विश्व बाघ दिवस, २०७९ को अवसरमा शुभकामना सन्देशमार्फत उहाँले प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

आज विश्व बाघ दिवस : वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणमा सचेतनाको खाँचो

काठमाडौँ, 

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार, बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको सङ्ख्या वृद्धि हुनुपर्ने उल्लेख गर्नुभएको छ । 

साथै उहाँले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पु¥याउनुपर्ने बताउनुभएको छ । 

साथै उहाँले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पु¥याउनुपर्ने बताउनुभएको छ । 

विश्व बाघ दिवस, २०७९ को अवसरमा शुभकामना सन्देशमार्फत उहाँले प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । 

जुलाई २९ तारिखका दिन संसारभर ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने संकल्पका साथ विश्व बाघ दिवस मनाइँदै छ ।

नेपालले करिब एक दशकअघि रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा यसै वर्ष (सन् २०२२) भित्र नेपालमा रहेका बाघको सङ्ख्या दोब्बर बनाउने  प्रतिबद्धता जनाएको थियो । 

जसअनुसार सन् २०१८ मा नेपालमा बाघको सङ्ख्या २३५ पुगेको र हाल आफ्नो लक्ष्य हासिल गर्नेतर्फ उन्मुख रहेकाले बाघ संरक्षणमा मुलुकले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसित भइरहेको छ । 

राष्ट्रपति भण्डारीले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले संसारभर सकारात्मक पहिचान बनाउन सफल हुनु प्रसन्नताको विषय भएको उल्लेख गर्नुभएको छ ।