२१ बैशाख, २०८१ शुक्रबार

12:04:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय गौरवका आयोजनामा छैन पूर्वतयारी, कार्यान्वयन चुनौतीपूर्ण

Nepal Business

१२ साउन, २०७९

राष्ट्रिय गौरवका आयोजना घोषणा भए पनि कार्यान्वयन गर्ने स्पष्ट मोडालिटी नहुँदा धेरै आयोजना समस्यामा

राष्ट्रिय गौरवका आयोजनामा छैन पूर्वतयारी, कार्यान्वयन चुनौतीपूर्ण

काठमाडौं । 
नेपालमा पूर्वतयारी विना राष्ट्रिय गौरवका आयोजना घोषणा हुने गरेको एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्वतयारी विना राष्ट्रिय गौरवका आयोजना घोषणा हुँदा कार्यान्वयनको मोडालिटी नै स्पष्ट नभएको देखाएको हो ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्वतयारी विना राष्ट्रिय गौरवका आयोजना घोषणा हुँदा कार्यान्वयनको मोडालिटी नै स्पष्ट नभएको देखाएको हो ।

बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ राष्ट्रिय सभामा पेस गर्नुभएको छ ।

उहाँले राष्ट्रिय गौरवका आयोजना घोषणा भए पनि कार्यान्वयन गर्ने स्पष्ट मोडालिटी नहुँदा धेरै आयोजना समस्या रहेको बताउनुभयो । 

सभापति थापाले राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजना छनोट गर्दा रणनीतिक विकास, वित्तीय प्राविधिक तथा व्यवस्थापकीय पक्षहरु समेत समावेश गरी मापदण्ड तथा आधारहरु तयार गनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

उनले राष्ट्रिय गौरवका आयोजनाको आधार तयार गर्दा आयोजनाको आर्थिक तथा वित्तीय समाजिक विश्लेषण र वातावरणीय मूल्यांकन हुनेगरी, रोजगारी गरिबी र असमानताको अन्त्य, समावेशी हुने विषयलाई समेत ध्यान दिनुपर्ने बताइन् ।