९ मंसिर, २०८१ आइतबार
07:03:25 AM
१२ साउन, २०७९
काठमाडौं । हालसम्म १२ वटा वाणिज्य बैंकले असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । हालसम्म एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनसीसी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सिटीजन्स बैंक इन्टरनेशनल र सनराइज बैंक, माछापुच्छे बैंक, स्टान्डर्ड च्याटर बैंक र एभरेष्ट बैंकले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
१२ वटा बैंकको नाफा गत आर्थिक बर्षमा ३३ अर्ब ७१ करोड ६२ लाख ८८ हजार रुपैयाँ पुगेको छ । १२ वटामध्ये ११ वटा बैंकको नाफा बढेको छ भने एउटा बैंकको नाफा घटेको छ ।
वित्तीय विवरण प्रकाशित गरेका बैंकमध्ये सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ ।
यस्तो छ १२ वाणिज्य बैंकहरुको वित्तिय अवस्था
१. ग्लोबल आइएमई बैंक
एक वर्षमा ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब २० करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा २५ प्रतिशत बढेको हो । अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले ४ अर्ब १६ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।
अघिल्लो वर्षको तलनामा गत वर्ष बैंकको सञ्चालन नाफा करिब २७ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ५ अर्ब ९५ करोडभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष ७ अर्ब ५६ करोडभन्दा बढी यो नाफा गरेको हो । गत वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब १९ करोडभन्दा बढी रहेको छ ।
२. एनआइसी एशिया बैंक
एनआइसी एशिया बैंकले असार मसान्तसम्ममा ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३८।८६ प्रतिशतले बढी हो ।
बैंकको वितरणयोग्य मुनाफा पनि १७ प्रतिशत वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको असरमा एक अर्ब ९२ करोड रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा हाल २ अर्ब २४ करोड रुपैयाँ छ । बैंकको वितरणयोग्य मुनाफा ३२ करोड ४७ लाख रुपैयाँले बढेको हो ।
३. नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले असार मसान्तसम्म ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको । बैंकले अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ छ । जुन १४.८३ प्रतिशतले बढी नाफा हो ।
एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ३ करोड ८३ लाख ७६ हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता ११.१३ प्रतिशत रहेको छ ।
४.प्रभु बैंक
प्रभु बैंकले २ अर्ब ६० करोड ३ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१।१० प्रतिशतले बढेको छ । एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
५.सिटिजन्स बैंक
सिटिजन्स बैंकले गत आवमा २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.७६ प्रतिशतले बढेको छ । एक वर्षको अवधिमा बैंकले १ अर्ब ४२ करोड ४६ लाख ४५ हजार ९३२ रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।
६.माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले गत आवमा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३४.४२ प्रतिशतले बढी छ । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।
७.सनराइज बैंक
सनराइज बैंकको नाफा ४८.६९ प्रतिशतले बढेर २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।
८. लक्ष्मी बैंकको
लक्ष्मी बैंकको नाफा भने थोरै अंकले बढेको छ । एक वर्षको अवधिमा बैंकको नाफा १.७६ प्रतिशतले बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।
९. एनसीसी बैंक
एनसीसी बैंकको नाफा एक वर्षको अवधिमा ५१.९७ प्रतिशतले बढेर २ अर्ब २ करोड २२ लाख २२ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको थियो ।
१०. स्टयान्डर्ड चार्टर्ड बैंक
स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा ६२.२६ प्रतिशतले बढेर २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३९ करोड ८८ लाख ५३ हजार रुपैयाँ थियो । एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५९ करोड ३६ लाख ४० हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता १६।९० प्रतिशत रहेको छ । यो अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार आएको छ ।
११.एभरेष्ट बैंक
एभरेष्ट बैंकले एक वर्षको अवधिमा बैंकको नाफा ४३.७६ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ थियो । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।
१२.सानिमा बैंक
सानिमा बैंकको नाफा भने घटेको छ । एक वर्षको अवधिमा बैंकको नाफा १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ३१ करोड ७८ लाख २१ हजार ५८० रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको १ अर्ब ४६ करोड ९९ लाख ८६ हजार १४५ रुपैयाँ रहेको छ ।