९ मंसिर, २०८१ आइतबार

07:16:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधारण सभा

१२ साउन, २०७९

लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधारण सभा

काठमाडौं । नागरिक लगानी कोषले वार्षिक साधारण सभा आह्वान गरेको छ । कोषको आज (साउन १२ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २७ औँ वार्षिक साधारण सभा भदौ ६ गते हुने भएको छ ।

सभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयधनीलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि साउन २५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले साउन २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।