९ मंसिर, २०८१ आइतबार
07:02:48 AM
१२ साउन, २०७९
काठमाडौं । लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अजयबिक्रम शाह पुनः नियुक्त हुनुभएको छ । बैंक सञ्चालक समितिको बैठकले सीईओ शाहलाई पुनः चार बर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि उहाँ २०७६ कात्तिकमा बैंकको सीईओमा नियुक्त हुनुभएको थियो । शाहको ४ वर्षे कार्यकाल सकिनु अघिनै उहाँको कार्यकाल थप भएको हो ।
तीन दशक लामो बैंकिङ अनुभव भएका शाहले करियरको सुरुवात स्यान्डर्ड चार्टर्ड बैंकबाट गर्नुभएको हो। उहाँले स्यान्डर्ड चार्टर्ड बैंकमा १० वर्ष काम गर्नुभएको थियो ।