९ मंसिर, २०८१ आइतबार

07:06:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ निष्काशन हुँदै, कति दिने आवेदन ?

१२ साउन, २०७९

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ निष्काशन हुँदै, कति दिने आवेदन ?

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गर्न लागेको हो ।

जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवद्धक एनएमबी बैंक र १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडलाई छुट्याइएको छ । त्यसपछी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ ।

सो योजनाको इकाईमा लगानीकर्ताले छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड २ एक बन्दमुखि योजना हो। यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्षको हुनेछ।