९ मंसिर, २०८१ आइतबार
08:57:48 AM
१२ साउन, २०७९
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी बढेको छ । समीक्षा अवधिसम्म बैंकले २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४३.७७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ३७.१५ प्रतिशतले बढेर ५ अर्ब ४२ करोड ५९ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ३ अर्ब ९५ करोड ६३ लाख रूपैयाँ रहेको थियो ।
चौथो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा बढेर ३ अर्ब ६३ करोड ९५ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकको सञ्चालन मुनाफा २ अर्ब ५४ करोड ८४ लाख रूपैयाँ रहेको थियो ।
सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ रहेको छ । यो गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ६४.७२ प्रतिशतले बढि हो ।
बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ र जगेडा कोषमा १२ अर्ब २२ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ८२ पैसाबाट बढेर २६ रूपैयाँ ८९ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ ।