९ मंसिर, २०८१ आइतबार

08:39:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तरलता व्यवस्थापन गर्न ३० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

१२ साउन, २०७९

तरलता व्यवस्थापन गर्न  ३० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज (साउन १२ गते बिहीबार) ३० अर्बको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो। आर्थिक वर्षको सुरुवातमै बैंकिङ प्रणालीमा तरलता अभाव देखिन थालेपछि बैंक तथा वित्तीय संस्थाहरू दबाबमा छन्।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत अन्तर बैंंक ब्याजदर नीतिगत दरभन्दा २ प्रतिशत तलमाथि भए मात्रै रिपो र रिभर्स रिपो मार्फत राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने बताएको छ । मंगलबार बैंकहरुले १ खर्ब ४६ अर्ब ४७ करोड स्थायी तरलता सुविधा प्रयोग गरेका छन् ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण नै 'रिपो' हो।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही साउन १९ गते परिपक्व हुने यो रिपो आज(बिहीबार) दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।

बैंक तथा वित्तीय संस्थाले तरलता अभावमा रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन्।