१० मंसिर, २०८१ सोमबार
04:12:06 PM
११ साउन, २०७९
जिल्लामा थपिएका उद्योगमध्ये धेरैजसो कृषि तथा वन पैदावारमा आधारित रहेको उहाँले बताउनुभयो । योबाहेक सेवामूलक र पर्यटनसम्बन्धी उद्योग नवलपुरमा थपिनेक्रम धेरै रहेको कार्यालय प्रमुख खनालले बताउनुभयो ।
नवलपुर ।
नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा एक वर्षमा एक हजार नयाँ उद्योग थपिएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रमुख सागर खनालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार ५० वटा नयाँ उद्योग थपिएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रमुख सागर खनालका अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार ५० वटा नयाँ उद्योग थपिएका छन् ।
गत आर्थिक वर्षमा थपिएका उद्योगमध्ये आठ वटा लघु उद्योग, चार वटा घरेलु उद्योग र एक हजार ३८ वटा साना उद्योग रहेको कार्यालय प्रमुख खनालले बताउनुभयो ।
जिल्लामा थपिएका उद्योगमध्ये धेरैजसो कृषि तथा वन पैदावारमा आधारित रहेको उहाँले बताउनुभयो । योबाहेक सेवामूलक र पर्यटनसम्बन्धी उद्योग नवलपुरमा थपिनेक्रम धेरै रहेको कार्यालय प्रमुख खनालले बताउनुभयो ।
“नवलपुरमा उद्योग थपिनेक्रम तीव्र छ, कोभिडको अवस्थामा केही कम उद्योग दर्ता भएको भए पनि अहिले फेरि नयाँ उद्योग थपिनेक्रम धेरै रहेको छ”, कार्यालय प्रमुख खनालले भन्नुभयो, “थपिएकामध्ये कृषि, वन पैदावार, सेवामूलक र पर्यटनसँग सम्बन्धित धेरै रहेका छन् ।”