१० मंसिर, २०८१ सोमबार

04:08:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिनेः उद्योगमन्त्री बडू

११ साउन, २०७९

जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिनेः उद्योगमन्त्री बडू

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिने बताउनुभएको छ  । जनकपुर चुरोट कारखाना निरीक्षणपछि संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री बडूले देशमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगनमनपछि निर्णय गर्ने जानकारी दिनुभयो ।

मन्त्री बडूले देशको व्यापार घाटा कम गर्न निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि गर्नाका साथै रोजगारी सिर्जना गर्ने बताउनुभयो ।

देश आयातमा बढी निर्भर रहेको समयमा बन्द तथा जीर्ण अवस्थामा रहेको कलकारखानालाई पुनःसंचालनमा ल्याउने तयारी स्वरुप आफूले जचुकालीको निरीक्षण गरेको उहाँले प्रतिक्रिया दिनुभयो ।

राष्ट्रिय उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्यअनुरुप जचुकालीलाई समेत संचालनमा ल्याउने तयारी सरकारको रहेको  र त्यसका लागि सरकारले बजेट पनि विनियोजन गरेको उहाँको भनाइ थियो ।