२४ बैशाख, २०८१ सोमबार

03:32:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एईईको नतिजा सार्वजनिक, ९ हजार ६३३ जनाले ल्याए उच्च जीपीए

Nepal Business

११ साउन, २०७९

एईईको नतिजा सार्वजनिक, ९ हजार ६३३ जनाले ल्याए उच्च जीपीए

काठमाण्डौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले बुधबार अपरान्ह बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो ।

सार्वजनिक नतिजाअनुुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् ।

गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी थिए।

देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिएका थिए ।

परीक्षाको नतिजा बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।

यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ।