२४ बैशाख, २०८१ सोमबार

01:25:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एसईईको नतिजा केहि बेरमा सार्वजनिक हुने, नतिजा हेर्न यसो गर्नुस्

Nepal Business

११ साउन, २०७९

एसईईको नतिजा केहि बेरमा सार्वजनिक हुने, नतिजा हेर्न यसो गर्नुस्

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहि बेरमा सार्वजनिक हुने भएको छ । परिक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले अहिले परिक्षा बोर्डमा अन्तिम बैठक बसिरहेको जानकारी दिनुभएको छ । 

यसपटक कोभिड महामारीको दुई वर्षपछि बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो ।

कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।

वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।

कसरी हेर्ने नतिजा ?

एसईईको नतिजा हेर्नका लागि टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ । यसका लागि विद्यार्थीले १६०० मा डायल गरी नतिजा थाहा पाउने सक्नेछन् । त्यस्तै १६०० मा एसएमएस पनि पठाएर नतिजा हेर्न सकिन्छ । त्यसका लागि एसईई टाइप गरी स्पेश दिने र सिम्बोल नम्बर टाइप गरी १६०० मा पठाउने । 

यस्तै खल्तीबाट पनि निःशुल्क नतिजा हेर्न सकिन्छ । साथै स्प्यारोमा एसएमस गरी पनि नतिजा थाहा पाउन सकिन्छ ।