९ मंसिर, २०८१ आइतबार
08:13:14 AM
११ साउन, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंक लिमिटेडले १ अर्ब २० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको रकम ३६७ दिनका लागि (२०७९ साल भदौ २ गतेदेखि २०८० साल भदौ २ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको बैंकले एक सूचना मार्फत जानकारी दिएको छ ।
बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ९६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा १८ करोड रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ६ करोड रुपैयाँ गरी कूल एक अर्ब २० करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले साउन १३ गते १० बजेदेखि राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।