९ मंसिर, २०८१ आइतबार
08:20:42 AM
११ साउन, २०७९
काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटलले १९ साउनदेखि शुभलक्ष्मी कोष योजनाको इकाइ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । लक्ष्मी बैंक कोष प्रवर्द्धक र लक्ष्मी क्यापिटल योजना व्यवस्थापक रहेको शुभलक्ष्मी कोष लक्ष्मी म्युचुअल फन्डअन्तर्गत रहेको खुलामुखी योजना हो ।
क्यापिटलले प्रति इकाइ मूल्य १० रुपैयाँको दरका ५ करोड इकाइमध्ये ७५ लाख वा १५ प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई, चार करोड २५ लाख इकाइमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि एक करोड ७५ लाख इकाइ बिक्री खुला गर्न लागेको हो ।
उक्त फण्डको इकाइमा छिटोमा २३ साउनसम्म र ढिलोमा २ भदौसम्म आवेदन दिन सकिनेछ । एक सय इकाइदेखि ५० लाख इकाइसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।